Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

अनिवार्य अवकाशमा जादैँ एआईजी ज्ञवाली , आईजीपी कुँवरले गरे बिदाई

अनिवार्य अवकाशमा जादैँ एआईजी ज्ञवाली , आईजीपी कुँवरले गरे बिदाई

मंगलवार , भाद्र २५, २०८१

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको बिदाई गरिएको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले प्रहरी सेवाबाटअनिवार्य अवकाशमा जान लागेका एआईजी ज्ञवालीलाई नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमका बीच बिदाइ गरेका हुन्।

बिदाइ समारोहलाई सम्बोधन गर्दै आईजीपी कुँवरले सेवा निवृत्त हुन लागेका ज्ञवालीले संगठनबाट सुम्पिएको जिम्मेवारी उच्चव्यावसायिकता, संगठनप्रतिको निष्ठा, लगनशीलता र इमानदारीताका साथ सम्पन्न गरेको बताए ।

May be an image of 3 people and text

अपराध न्यूनीकरण तथा अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन, नीति निर्माण, सांगठनिक सुदृढीकरणका साथै संगठनको रणनीतिक कार्ययोजना कार्यान्वयनमा गर्नुभएको अतुलनीय योगदान दिएको भन्दै आईजीपी कुँवरले एआईजी ज्ञवालीको प्रसंशा गरेका थिए ।

May be an image of 10 people

एआईजी ज्ञवाली२०५१ चैत ५ गते प्रहरी निरीक्षक पदबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । ज्ञवाली भदौ २६ गतेबाट अनिवार्य अवकाशमा जान लागेका हुन् ।

May be an image of 7 people, ambulance and text

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवं वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077