Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

लागूऔषध गाँजासहित रौतहटबाट साधु पक्राउ

लागूऔषध गाँजासहित रौतहटबाट साधु पक्राउ

बिहिवार , भाद्र २७, २०८१

रौतहट । रौतहट प्रहरीले लागूऔषध गाँजासहित एक जना साधुलाई पक्राउ गरेको छ ।

देवाही गोनाही नगरपालिका-९ धरहरी राम जानकी मठमा बस्दै आएका साधु सिकेन्द्र राय यादव गाँजासहित पक्राउ परेका हुन्।

मन्दिरबाट गाँजा बेचबिखन गर्ने गरेको सूचना अनुसार इलाका प्रहरी कार्यालय गोनाहीबाट गएको टोलीले गएराति चेकजाँच गर्दा लुकाई राखेको अन्दाजी १ किलो ग्राम लागूऔषध गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

लगत्तै साधु यादवलाई गाँजा सहित नियन्त्रणमा लिइएको छ। यादव हाल इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेका छन् भने निजमाथि लागूऔषध बेचबिखन सम्बन्धी मुद्दा दायर गरी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077