Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले दिए कांग्रेस सभापति देउवालाई जन्मदिनको शुभकामना

प्रधानमन्त्री ओलीले दिए कांग्रेस सभापति देउवालाई जन्मदिनको शुभकामना

बिहिवार , भाद्र २७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई जन्मदिनको शुभकामना दिएका छन्।

बिहिबार प्रधानमन्त्री ओलीले सामाजिक संञ्जालमार्फत् देउवालाई जन्मदिनको शुभकामना दिएका हुन् ।

प्रधानमन्त्री ओलीले देउवालाई शुभकामना दिँदै उनको सुस्वास्थ्य र सफलताको कामना गरेका छन्।

प्रधानमन्त्री ओलीले लेखेका छन् ,'आज पूर्व प्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाको जन्मदिन परेको छ। प्रमुख तीन दलका नेताहरुसँग समसामयिक राजनीतिक विषयमा कुरा पनि भयो। आजको भेटमा शेरबहादुरजीलाई जन्मदिनको शुभकामना दिने अवसर मिल्यो । सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना शेरबहादुरजी !!'

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077