Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

पाठ्यक्रम तयार गर्दा नेपाली दर्शनका विषयमा ध्यान दिऔं : प्रधानमन्त्री ओली

पाठ्यक्रम तयार गर्दा नेपाली दर्शनका विषयमा ध्यान दिऔं : प्रधानमन्त्री ओली

बिहिवार , भाद्र २७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न राजर्षिजनक विश्वविद्यालयलाई आग्रह गरेका छन्।

विश्वविद्यालयको आठौँ साधारणसभा बैठकमा बोल्दै प्रधानमन्त्री एवं कुलपति ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सक्षम जनशक्ति तयारीका लागि देखिएका समस्याको समाधानका लागि संयुक्तरुपमा प्रयास केन्द्रित गर्नुपर्नेमा जोड दिए।

प्रधानमन्त्री ओलीले गौरवपूर्ण इतिहास र पृष्ठभूमिसँग जोडिएको जनकपुरमा रहेको सो विश्वविद्यालयले पाठ्यक्रम तयार गर्दा पूर्वीय दर्शनका साथै नेपाली दर्शन र यहाँका वैभवका विषयमा ध्यान दिन आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077