Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

गणतन्त्रको मूलधार माओवादी आन्दोलन हो : अध्यक्ष प्रचण्ड

गणतन्त्रको मूलधार माओवादी आन्दोलन हो : अध्यक्ष प्रचण्ड

बिहिवार , भाद्र २७, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गणतन्त्रको मूलधार माओवादी आन्दोलन भएको दाबी गरेका छन् ।

बिहीबार टेलिश्रृंखला राधाकृष्णको पहिलो एपिसोडको शुभारम्भ कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो दाबी गरेका हुन् ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रको मूलधार माओवादी भएको बताए । गणतन्त्रको घोषणासँगै देशको सबैभन्दा ठूलो पार्टी पनि माओवादी भएको स्मरण गरे ।

माओवादी आन्दोलन वा नेकपा माओवादी मूलधारमा आएपछि भन्ने शब्द प्रयोग भएको भन्दै माओवादी मूलधारमा आएको हो वा माओवादीले मूलधार क्रिएट गरेको हो भन्नेकुरा राजनीतिक बहसको विषय रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077