Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

मेरो उमेर पनि गयो, रिटायरमेन्टको बेला भइसक्यो : सभापति देउवा

मेरो उमेर पनि गयो, रिटायरमेन्टको बेला भइसक्यो : सभापति देउवा

शुक्रवार , भाद्र २८, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू पार्टी र राष्ट्रिय राजनीतिबाट 'रिटायर' हुन लागेको बताएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीबाट निर्वाचित जनप्रतिनिधिमध्ये उत्कृष्ट स्थानीय तह प्रमुखहरूलाई सम्मान गर्ने कार्यक्रममा सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । उनले विभिन्न कारणले आफ्नो अवकासको समय आएको बताए ।

'मेरो उमेर पनि गयो । हरेक कारणले पनि रिटायरमेन्टको बेला भइसकेको छ,' देउवाले भने, 'भोलि हुने नेताहरूले नै चिन्ता बढी गर्नुपर्छ । मलाईभन्दा बढ्ता चिन्ता हुनुपर्छ ।'

देउवाले पार्टी कमजोर बनाउनेहरू अझै लागिरहेको भन्दै उनीहरूलाई कमजोर पारेर कांग्रेसका थप मान्छे पार्टीमा फर्काउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077