Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पदक विजेता पलेशाको खातामा सरकारले पठायो ६५ लाख पुरस्कार

पदक विजेता पलेशाको खातामा सरकारले पठायो ६५ लाख पुरस्कार

शुक्रवार , भाद्र २८, २०८१

काठमाडौं । पेरिस पाराओलम्पिक २०२४ की ऐतिहासिक पदक विजेता पलेशा गोवर्धनको खातामा सरकारले ६५ लाख पुरस्कार पठाएको छ ।

तेक्वान्दो खेलमा कास्य पदक विजेता पलेशाको खातामा सरकारले डिजिटल माध्यम मार्फत ६५ लाख रुपैयाँ जम्मा गरेको हो ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा कार्यक्रम आयोजना गरिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले खातामा रकम जम्मा गराएको जानकारी दिएका थिए।

प्रधानमन्त्री ओलीले पदक विजेतालाई सम्मानपत्र समेत हस्तान्तरण गरेका थिए। यस्तै प्रशिक्षक कविराज नेगीलाई ५ लाख ८५ हजार रुपैयाँ पुरस्कार र व्यवस्थापकलाई २ लाख ९२ हजार रुपैयाँ पुरस्कार रकम दिइएको छ।

सरकारले राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार सो पुरस्कार दिएको हो। यसअघि मन्त्रिपरिषदको बैठकले पलेशालाई दिने पुरस्कारमा कर नलाग्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077