Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

नेपाल प्रिमियर लिग : मार्की प्लेयरहरुको नाम सार्वजनिक

नेपाल प्रिमियर लिग : मार्की प्लेयरहरुको नाम सार्वजनिक

शुक्रवार , भाद्र २८, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणका लागि मार्की प्लेयरहरुको नाम सार्वजनिक भएको छ।

आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले आज आठ जना मार्की प्लेयरहरुको नाम सार्वजनिक गरेको हो ।

मार्की प्लेयरमा राष्ट्रिय टीमका कप्तान रोहित पौडेल, पूर्वकप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, कुशल मल्ल, कुशल भुर्तेल र आसिफ शेख छन्।

यी खेलाडीमा आबद्ध हुने टोली भने टुंगो लगाइएको छैन। एनपिएलमा विराटनगर, जनकपुर, काठमाडौं, चितवन, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमले भाग लिँदैछन्।

अब आठ टोलीमा उल्लेखित खेलाडीमध्येबाट एक-एक जना आफ्नो टोलीमा आबद्ध गर्नेछन्। प्रतियोगिता मंसिर १६ देखि पुस ६ गतेसम्म हुने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077