Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

क्रिकेटका रोहित पौडेल बने वर्षको सर्वोत्कृष्ट पुरुष खेलाडी

क्रिकेटका रोहित पौडेल बने वर्षको सर्वोत्कृष्ट पुरुष खेलाडी

शुक्रवार , भाद्र २८, २०८१

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले पल्सर स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत वर्षको सर्वोत्कृष्ट पुरुष खेलाडीको उपाधि जितेका छन् ।

शुक्रबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित अवार्ड समारोहमा रोहित वर्षको उत्कृष्ट पुरुष खेलाडी चुनिएका हुन् ।

यस विधाको मनोनयनमा रोहितसँगै क्रिकेटकै दीपेन्द्रसिंह ऐरी, करातेका मोहम्मद सेखु आलम, फुटबलका अनन्त तामाङ र गल्फका सुवास तामाङ थिए ।

यस्तै कराँते खेलाडी एरिका गुरुङले सर्वोत्कृष्ट महिला खेलाडीको उपाधि जितेकी छिन् । एरिकाले चीनको हाङचाउमा सम्पन्न १९औं एसियाली खेलकुदमा देशका लागि ऐतिहासिक रजत पदक जितेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077