Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

प्रत्यायोजित विधायन समिति सभापतिमा उम्मेदवारी दिने माओवादीको निर्णय

प्रत्यायोजित विधायन समिति सभापतिमा उम्मेदवारी दिने माओवादीको निर्णय

शुक्रवार , भाद्र २८, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रियसभाअन्तर्गतको प्रत्यायोजित विधायन समिति सभापतिमा उम्मेदवारी दिने निर्णय गरेको छ।

शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।

बैठकले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा उम्मेदवारी दिने र उम्मेदवारमा सांसद मायाप्रसाद शर्मालाई उठाउने निर्णय गरेको बताइएको छ ।

बैठकले विधायन व्यवस्थापन समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।

ती समिति सभापतिको निर्वाचन यही भदौ ३१ गते सोमबार दिउँसो १ बजे हुने गरी निर्वाचन तालिका सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077