Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

पश्चिमा देशलाई रुसको चेतावनी - युक्रेनलाई क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति नदिनू

पश्चिमा देशलाई रुसको चेतावनी - युक्रेनलाई क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति नदिनू

शनिवार , भाद्र २९, २०८१

एजेन्सी । रुसविरुद्ध युक्रेनलाई लामा दूरीका क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति नदिन रुसले पश्चिमा देशलाई चेतावनी दिएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई रुसविरुद्ध लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति नदिन चेतावनी दिएका हुन् ।

यदी रुसविरुद्ध ती क्षेप्यास्त्र प्रयोग गरिए नेटोले रुससँग युद्ध गरेको अर्थ लाग्ने उनले बताए ।

उनले अनुसार पश्चिमा देशमा बनेका लामो दूरीका अस्त्र युक्रेनले प्रयोग गर्नु भनेको युक्रेन युद्धमा नेटो देशहरू–अमेरिका र युरोपेली देश नै सहभागी भएको अर्थ लाग्नेछ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले केही दिनअघि युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति दिन सकिने सङ्केत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077