Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

‘अपर त्रिशूली–वान’ जल विद्युत् आयोजनाका मजदुरको ढुंगा प्रहारबाट ४ प्रहरी घाइते

‘अपर त्रिशूली–वान’ जल विद्युत् आयोजनाका मजदुरको ढुंगा प्रहारबाट ४ प्रहरी घाइते

शनिवार , भाद्र २९, २०८१

रसुवा । आन्दोलनरत मजदुरको ढुंगा प्रहारबाट रसुवाको मैलुङमा चार प्रहरी घाइते भएका छन् ।

आमाछोदिङ्मो र उत्तरगया गाउँपालिकाको सिमानामा निर्माणाधीन दुई सय १६ मेगावाट ‘अपर त्रिशूली–वान’ जल विद्युत् आयोजनाको मैलुङस्थित कार्यालयमा आन्दोलनरत मजदुरबाट प्रहार भएको ढुङ्गामुढाले सुरक्षाकर्मी घाइते भएका हुन् ।

घाइते सुरक्षाकर्मीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

आयोजनामा कार्यरत मजदुरको काम गर्ने समय फेरबदल गराई जिम्मेवार पक्षले कामदारलाई आफ्ना नीति र सिद्वान्तको विषयमा प्रशिक्षणमार्फत स्पष्ट गराउन नसकेकाले आन्दोलनमा उत्रेको मजदूरहरूले बताएका छन्।

उनीहरुले आयोजनाको साइट अफिस तथा आवासमा ढुङ्गा प्रहार गर्दा केही झ्याल तथा ढोकाका सिसाहरू फुटेका छन्।

मजदुरलाई श्रम शोषण गर्ने गराउने अभिप्रायले पाइराखेको मजदुरी ज्याला घटाएकाले आन्दोलनमा उत्रिन परेको कामदारले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077