Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

एनपीएलमा ८ वटै टिमले पाए मार्की प्लेयर, चितवनको मार्की प्लेयरमा कुशल

एनपीएलमा ८ वटै टिमले पाए मार्की प्लेयर, चितवनको मार्की प्लेयरमा कुशल

शनिवार , भाद्र २९, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संकरणका लागी मार्की खेलाडीको लक्की ड्र भएको छ ।

एनपीएलको फ्रेन्चाइज टिमको मार्की प्लेयर शनिबार टुंगो लागेको हो। नेपाल क्रिकेट संघले शुक्रबार ८ मार्की प्लेयरको नाम सार्वजनिक गरेको थियो ।

शनिबार आयोजित कार्यक्रममा ती मार्की प्लेयरको टिम टुंगो लगाइएको हो ।

जस अनुसार काठमाडौंको मार्की प्लेयरमा करण केसी, पोखराको कुशल भुर्तेल, चितवनको कुशल मल्ल र विराटनगरको सन्दीप लामिछाने मार्की प्लेयर बनेका छन् ।

त्यस्तै, जनकपुरको आसिफ सेख, लुम्बिनीको रोहित पौडेल, कर्णालीको सोमपाल कामी र सुदूरपश्चिमको दीपेन्द्रसिंह ऐरी मार्की प्लेयर बनेका छन्।

सबै मार्की खेलाडीहरुले पारिश्रमिक २० लाख रुपैयाँ पाउने छन् । एनपिएल आगामी नोभेबर ३० देखि २१ डिसेम्बरसम्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077