Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

चितवनको मार्की प्लेयरमा कुशल मल्ल

चितवनको मार्की प्लेयरमा कुशल मल्ल

शनिवार , भाद्र २९, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)का ८ टोलीका लागि ‘लक्की ड्र’मार्फत मार्की खेलाडीको छनोट भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको छनोट कार्यक्रममा ‘लक्की ड्र’मार्फत प्रत्येक ८ टिमका लागि मार्की खेलाडी चुनिएका हुन्।

चितवन राईनोजमा ‘लक्की ड्र’मार्फत कुशल मल्ल आवद्ध भएका छन्। त्यस्तै, टिम काठमाडौंमा करण केसी, पोखरामा कुशल भुर्तेल र बिराटनगरमा सन्दीप लामिछाने जोडिएका छन्।

लुम्बिनीमा रोहित पौडेल, जनकपुरमा आशिफ सेख, कर्णालीमा सोमपाल कामी र सुदूरपश्चिममा दीपेन्द्रसिंह ऐरी आवद्ध भएका छन्।

मार्की खेलाडीले पारिश्रमिक २० लाख रुपैयाँ पाउने क्यानले जनाएको छ। क्यानले शुक्रबार एनपीएलका ८ मार्की खेलाडी सार्वजनिक गरेको थियो।

एनपिएल आगामी मंसिर १५ देखि पुस ६ सम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ। क्यानले लिगको टोली र मार्की खेलाडी घोषणा गरेसँगै अब खेलाडी आबद्ध गर्न अक्सन गर्नेछ।

क्यानले २१ भदौमा एनपीएलको फ्रेन्चाइज टिमको मालिकहरु घोषणा गरेको थियो । जसअनुसार चितवनलाई चितवन मेडिकल कलेजले चितवन १ करोड ७६ लाख १ हजारमा किनेको थियो ।

काठमाडौंलाई काठमाडौं स्पोर्ट्स डेभ्लपमेन्ट भेन्चर, पोखरालाई नेपाल टी–२० प्रालि, विराटनगरलाई एमएडी ड्रिम्स स्पोर्टसलेर लुम्बिनीलाई फर्चुना हेल्थ केयरले खरिद गरेको थियो ।

त्यस्तै, जनकपुरलाई ड्रिम स्पोर्टसले, कर्णालीलाई हिमालयन बिल्डर्स र सुदूरपश्चिमलाई एम्पायर स्पोर्ट्सले खरिद गरेका थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077