Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

नागरिकतासम्बन्धी समस्या समाधानका लागि निर्देशिका संशोधन गर्नुपर्छ : गृहमन्त्री लेखक

नागरिकतासम्बन्धी समस्या समाधानका लागि निर्देशिका संशोधन गर्नुपर्छ : गृहमन्त्री लेखक

शनिवार , भाद्र २९, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नागरिकतासम्बन्धी समस्या समाधानका लागि निर्देशिकामा संशोधन गर्नुपर्ने बताएका छन् ।

काठमाडौंमा भएको नागरिकतासम्बन्धी पीडितहरुको गुनासो सुनुवाई कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

उनले नागरिकतासम्बन्धी समस्या समाधान हुने गरी निर्देशिका चाँडै परिमार्जन गर्ने बताए।

गृहमन्त्री लेखकले नागरिकता सम्बन्धीका धेरै समस्या निर्देशिकाका कारण उब्जिएकाले परिमार्जन गर्नुपर्ने बताए ।

गृहमन्त्री लेखकले निर्देशिकाको कारणले नागरिकता लिन कोही छुट्न नहुने विषयमा आफू स्पष्ट रहेका बताए ।

प्रचलित संवैधानिक र कानूनी व्यवस्था तथा नियमावलीको व्यवस्था र सर्वोच्च अदालतले त्यस सम्बन्धमा दिएको फैसलाको आधारमा निर्देशिकालाई परिमार्जन गरेर अघि बढ्ने गृहमन्त्री लेखकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077