Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

रियलको जितमा एम्बाप्पे र जुनियरको गोल

रियलको जितमा एम्बाप्पे र जुनियरको गोल

आइतवार , भाद्र ३०, २०८१

एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिडले रियल सोसिडाडमाथि संर्घषपूर्ण जित निकालेको छ।

रियल एरिनामा भएको खेलमा रियलले रियल सोसिडाडलाई २–० गोल अन्तरले पराजित गरेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा रियलले ५८ औं मनेटमा पेनाल्टीमार्फत गोल गरेको थियो।

भिनिसियस जुनियरले पेनाल्टीमार्फत रियललाई अग्रता दिलाउँदा एम्बाप्पेले ७५ औं मिनेटमा अर्को पेनाल्टीमा गोल गर्दा रियल म्याड्रिड २-० ले विजयी भयो।

जितपछि रियल पाँच खेलबाट ११ अंकका साथ दोस्रो स्थानमा रहेको छ। एक खेल कम खेलेको बार्सिलोनाको १२ अंक रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077