Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

हाल्यान्डको दुई गोलमा सिटीको पुनरागमन जित

हाल्यान्डको दुई गोलमा सिटीको पुनरागमन जित

आइतवार , भाद्र ३०, २०८१

एजेन्सी । स्ट्राइकर एर्लिङ हाल्यान्डप्रेरित म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लगातार चौथो जित निकालेको छ ।

शनिबार राति घरेलु मैदान इत्तिहाद रंगशालामा भएको खेलमा सिटीले ब्रेन्टफोर्डविरुद्ध १–० ले पछि परेको अवस्था उल्ट्याउँदै २–१ को जित निकालेको हो । सिटीको जितमा दुवै गोल हाल्यान्डले गरे ।

लिगमा लगातार चौथो जित निकालेको सिटी १२ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।

सिटीलाई पछ्याइरहेको लिभरपुलको नौ अंक छ । समान खेलबाट ६ अंक जोडेको ब्रोन्टफोर्ड तालिकाको नवौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077