Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

ओलम्पिक पदक विजेता पलेशालाई गण्डकी सरकारले मासिक भत्ता दिने

ओलम्पिक पदक विजेता पलेशालाई गण्डकी सरकारले मासिक भत्ता दिने

आइतवार , भाद्र ३०, २०८१

पोखरा । पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई गण्डकी सरकारले मासिक भत्ता दिने भएको छ ।

पलेशालाई सम्मान कार्यक्रममा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदक जिताएकी पलेशालाई मासिक भत्ता दिने घोषणा गरेका हुन्।

प्रदेश सरकारले यसअघि ओलम्पिक खेलेको गण्डकीका ९ खेलाडीलाई मासिक भत्ता स्वरूप ५ हजार दिँदै आएको छ । सोही समूहमा पलेशालाई समावेश गरिएको मुख्यमन्त्री पाण्डेले बताए।

सम्मान कार्यक्रममा पलेशालाई गण्डकी प्रदेश सरकारले एक लाख ५० हजार, पोखरा महानगरपालिकाले २ लाख २२ हजार २२२ र जिल्ला तेक्वान्दो संघ कास्कीले ५० हजार १५५ रुपैयाँ प्रदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077