Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

संविधान संशोधनको नेतृत्व कांग्रेसले नै लिनुपर्छ : महामन्त्री शर्मा

संविधान संशोधनको नेतृत्व कांग्रेसले नै लिनुपर्छ : महामन्त्री शर्मा

आइतवार , भाद्र ३०, २०८१

हेटौँडा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक स्थिरताका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन् ।

स्थानीय तह समन्वय विभागले हेटौँडामा गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो बताएका हुन्।

महामन्त्री शर्माले संविधान संसोधन मुलुकमा राजनीतिक स्थिरता कायम राख्नका लागि गरिने बताए ।

उनले संविधान संशोधनको नेतृत्व नेपाली कांग्रेसले नै लिनुपर्ने बताए ।

महामन्त्री शर्माले भने, ‘मुलुकमा ठूला/ठूला राजनीतिक परिवर्तन कांग्रेसकै नेतृत्वमा भएका छन् । अब मुलुकको रुपान्तरणको जिम्मेवारी पनि कांग्रेसले नै लिनुपर्छ ।’

महामन्त्री शर्माले नयाँ राजनीतिक दलहरूले समेत जनताको चाहनाबमोजिम काम गर्ने लय नसमातेको भन्दै कांग्रेस नै नागरिकको सबैभन्दा विश्वासिलो साथी भएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077