Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

मेचीनगरस्थित 'होटल मेची क्राउन' पाँचौँ वर्षमा प्रवेश, नयाँ भवनबाट थप सेवा विस्तार !

मेचीनगरस्थित 'होटल मेची क्राउन' पाँचौँ वर्षमा प्रवेश, नयाँ भवनबाट थप सेवा विस्तार !

सोमवार , भाद्र ३१, २०८१

झापा । झापाको मेचीनगरस्थित 'होटल मेची क्राउन' पाँचौँ वर्षमा प्रवेश गरेको छ ।

बङ्गलादेश, भूटान र भारतीय पर्यटकलाई लक्षित गरेर पूर्वपश्चिम राजमार्गले छोएको मेचीनगर–८ जोरसिमलमा सञ्जालनमा रहेको सो होटल चार वर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीको प्रमुख आतिथ्यतामा होटल ले वार्षिकोत्सव कार्यक्रम पनि गरेको थियो । सो कार्यक्रममा बोल्दै राज्यमन्त्री चौधरीले होटलको थप प्रगतिको कामना गरे ।

होटल का अध्यक्ष एवम् सञ्चालक पवित्रकुमार कार्कीले सुरुमा स्थापना गर्दा जोखिम मोलेर होटलमा लगानी गरिएको बताउँदै अहिले होटल पपुलर भएकोमा खुसी व्यक्त गरे । उनले आन्तरीक तथा बाह्य पर्यटकलाई लक्षित गरिएको होटलले झापाको मात्र नभइ देशकै इज्जत र मान राखेको बताए ।

यस्तै सञ्चालकहरूले पूर्वकै व्यापारिक उद्योगका रुपमा पहिचान बनाउने उद्घोष गरे । पाँचतारे होटल मेची क्राउनले अर्को सुविधा सम्पन्न भवनबाट पनि थप सेवा विस्तार गरेको जानकारी गराएको छ ।

यस्तै अर्का सञ्चालक बलराम सापकोटाले सरकारलाई वार्षिक ६ करोड २५ लाख रोयल्टी तिर्दै गरेको जानकारी दिए । नयाँ बनिएको थप भवनसहित २१५ वटा सुविधा सम्पन्न रहेको कोठालाई आगामी दिनमा ५०० वटा कोठा पु¥याउने लक्ष्य रहेको उनको भनाई छ । उनले देशभित्र रहेका साना–ठुला क्यासिनोलाई एउटै प्रकृतिमा नहेर्न पनि उनको आग्रह छ ।

उनले होटल र क्यासिनोको नियम बनाउन सरकारलाई अनरोध गरे । होटल मेची क्राउनमा नेपाल र भारतका ठुला घराना परिवारका नागरिकहरू विवाह, सेमिनार, मनोरञ्जन र क्यासिनो खेल्न आउने गरेका छन् । होटल परिसरमा क्यासिनो, हेलिप्याड, स्पा, जिमहाउस, स्वीमिङ पुलल, ग्रीन गार्डेनगायत सुविधा छन् ।

कार्यक्रममा पूर्व मन्त्रीहरु दिपक गिरी, प्रेम आले, किसानकुमार श्रेष्ठ, गोविन्द बद्री, सांसद एलपी साँवा, संविधान सभा सदस्य दिपक कार्की, नेपाल सरकारका कानून सचिव उदय सापकोटा, व्यवसायी विकास राना, पाँचखाल नगरपालिकाका मेयर महेश खरेल लगायतले होटल मेची क्राउनको बारेमा चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077