Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

प्रतिनिधिसभा बैठकमा अवरोध नगर्ने माओवादीको निर्णय

प्रतिनिधिसभा बैठकमा अवरोध नगर्ने माओवादीको निर्णय

सोमवार , भाद्र ३१, २०८१

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आजको संसद बैठक अवरोध नगर्ने भएको छ।

हिंसा शब्दलाई संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गर्दै लगातार सदन अवरोध गर्दै आएको माओवादी केन्द्रले आज अवरोध नगर्ने निर्णय गरेको हो ।

आज दिउँसो १ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाक्षएको छ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यतालिका रहेको छ।

आजकै बैठक सञ्चालन गर्न दिने कुरा भएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।

आजकै बैठकमा सहकारी बचत दुरूपयोगसम्बन्धी संसदीय छानबिन समितिले प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ।

माओवादीले हिंसा शब्द रेकर्डबाट हटाउनुपर्ने माग गर्दै प्रतिनिधि सभामा विरोध गर्दै आएको छ।

माओवादीको विरोधपछि आइतबारको प्रतिनिधि सभा बैठक बस्दै नबसी स्थगित भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077