Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

नेप्सेमा उच्च अंकको गिरावट, ७ अर्बमा खुम्चियो कारोबार

नेप्सेमा उच्च अंकको गिरावट, ७ अर्बमा खुम्चियो कारोबार

सोमवार , भाद्र ३१, २०८१

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ।

सोमबार नेप्से परिसूचक ५७.०३ अंकले घटेर २५८०.७६ विन्दुमा अडिएको हो । अघिल्लो कारोबार दिन आइतबार नेप्से परिसूचक ५० अंकले घटेको थियो।

सो दिन १० अर्ब ३३ करोड मूल्य बराबरको कारोबार भएको थियो। नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ।

यसदिन ३१२ स्क्रिप्सको १ करोड ७० लाख ६१ हजार ८०७ कित्ता सेयर ७ अर्ब ३६ करोड १९ लाख ८८ हजार ३८३ रुपैयाँमा खरिदबिक्री भए।

यसदिन दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र हिमालयन हाइड्रोपावरको सेयर १० प्रतिशतले बढ्यो।

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको ९.९२ ,रावा इनर्जी डेभलपमेन्टको ५.३७ र राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको सेयर ५.३२ प्रतिशतले बढेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077