Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

नुहाउने क्रममा तीर्थयात्री बगेर बेपत्ता, फेला पार्नेलाई ५० हजार पुरस्कार !

नुहाउने क्रममा तीर्थयात्री बगेर बेपत्ता, फेला पार्नेलाई ५० हजार पुरस्कार !

सोमवार , भाद्र ३१, २०८१

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाँउपालिका–६ मा अवस्थित प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरको दर्शन गर्नुपूर्व स्नानको क्रममा सोमबार खोलाले बगाउँदा एक जना तीर्थयात्री बेपत्ता भएका छन् ।

मन्दिर परिसरमा रहेको सूर्यमति (तादी) खोलामा स्नानको क्रममा सूर्यगढी गाँउपालिका–३ स्थायी ठेगाना भएर हाल काठमाडौं बस्ने हिमकुमारी अधिकारीलाई आज खोलाले बगाएको हो ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार परिवारको साथमा मन्दिर दर्शनको लागि आएकी ७२ वर्षीय अधिकारीलाई स्नानको क्रममा खोलाले बगाएपछि खोजी कार्य भइरहेको छ।

खोलाले बगाए लगत्तै थालिएको उद्धार र खोजतलास जारी रहेको छ। यस्तै हराइरहेको वृद्धालाई खोजतलासमा सहयोग पुर्‍याउन सूर्यगढी गाउँपालिकाले आह्वान गर्दै उनलाई फेला पार्ने व्यक्तिलाई प्रसंशा स्वरुप ५० हजार नगद दिने घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077