Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

सबैले स्वामित्व ग्रहण गर्ने गरी संविधान संशोधन गरौं : उपेन्द्र यादव

सबैले स्वामित्व ग्रहण गर्ने गरी संविधान संशोधन गरौं : उपेन्द्र यादव

मंगलवार , आश्विन १, २०८१

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सबै समुदायले स्वामित्व ग्रहण गर्ने गरी संविधान संशोधन गर्नुपर्ने बाएका छन् ।

संविधान दिवसको सन्दर्भमा अध्यक्ष यादवले यस्तो बताएका हुन् ।

अध्यक्ष यादवले संविधानको संशोधन, परिमार्जन र पुनर्लेखन गरी सङ्घीय संरचना, राष्ट्रिय पहिचानको मान्यता, न्यायपालिकाको संरचनागत परिवर्तन गरी संविधान सबै समुदायले स्वामित्व लिनसक्ने खालको हुनुपर्ने बताए।

अध्यक्ष यादवले असोज ३ गते जनचेतनामूलक कार्यक्रमहरु गरिनुपर्ने बताए।

अध्यक्ष यादवले संविधानमा रहेका विभेदकारी एवं त्रुटिपूर्ण प्रावधानहरु परिवर्तनका लागि असोज ३ गते विभिन्न प्रकारका कार्यक्रम आयोजना गरिनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077