Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

राजेन्द्र महतोद्वारा राष्ट्रिय मुक्ति क्रान्ति पार्टी घोषणा

राजेन्द्र महतोद्वारा राष्ट्रिय मुक्ति क्रान्ति पार्टी घोषणा

मंगलवार , आश्विन १, २०८१

काठमाडौं । राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले विधिवतरुपमा पार्टी घोषणा गरेका छन्।

राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकबाट महतोले पार्टीको नाम राष्ट्रिय मुक्ति क्रान्ति नेपाल रहने घोषणा गरेका हुन्।

उनले राष्ट्रिय मुक्ति क्रान्ति नेपाल नाममा गत फागुनदेखि राष्ट्रिय अभियान चलाइरहेका थिए।  उनले केही समयभित्रै यो दल निर्वाचन आयोगमा दर्ता गरिने बताएका छन्।

नवघोषित पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘मंसिरदेखि सशक्त शान्तिपूर्ण संघर्ष र विद्रोहको चरणमा प्रवेश गर्ने कार्यदिशा रहेको र त्यस भन्दा पहिले नै राष्ट्रिय मुक्ति क्रान्तिले उठाएका मांग र मुद्दालाई देश, जनताको अगाडी औपचारिक रुपले अल्टिमेटमसहित सार्वजनिक गर्ने कार्यक्रम पार्टीको तर्फबाट गर्नुपर्ने आवश्यकतालाई आत्मसात गर्दै तत्काल नै अभियानलाई पार्टीको रुपमा रुपान्तरण गर्ने गरी राष्ट्रिय मुक्ति क्रान्तिको असोज १ गते बसेको राष्ट्रिय समितिको बैठकले श्री राजेन्द्र महतोको अध्यक्षतामा राष्ट्रिय मुक्ति क्रान्ति नेपाल नामक राजनीतिक दल गठन गर्ने निर्णय गरेको छ।’

केन्द्रीय समितिमा अभियानका सदस्यहरू नै रहेका छन्। जसमा सुमन साय्मी, बुद्धछिरिङ मोक्तान, केशव झा लगायत रहेका छन्।

महतोका अनुसार कात्तिक पहिलो साता पार्टी निर्वाचन आयोगमा दर्ता गराउने तयारी गरिएको छ । लोसपा नेपालबाट अलग भएर महतोले गत फागुनमा राष्ट्रिय मुक्ति क्रान्ति गठन गरेर विभिन्न अभियान चलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077