Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

अनेरास्वयुका अध्यक्ष बडालको आरोप - बालेनले १ करोड ३० लाख रुपैयाँ घोटाला गरे

अनेरास्वयुका अध्यक्ष बडालको आरोप - बालेनले १ करोड ३० लाख रुपैयाँ घोटाला गरे

मंगलवार , आश्विन १, २०८१

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वयु) का अध्यक्ष समिक बडालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले १ करोड ३० लाख रुपैयाँ घोटाला गरेको आरोप लगाएका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै बडालले १ करोड ३० लाख रुपैयाँ साहले घोटाला गरेको बताएका हुन् । उनले महानगरले सिप मेला भनेर १ करोड ३० लाख रुपैयाँ साइबर ग्रुपलाई दिएको आरोप लगाए ।

उनले लेखेका छन्, 'नगर सभाले स्वीकृत नगरीकन तपाईँले महानगरबासीको ट्याक्स मनीबाट सिप मेला भनेर १ करोड ३० लाख रुपैयाँ झ्वाम पार्नु भयो। यो कार्यक्रम महानगरको आर्थिक वर्ष २०८०र८१ को बजेट वक्तव्यमा छैन। कमनपा वित्त विभागको भुक्तानी हेर्दा देखिन्छ– सार्वजनिक खरिद ऐन छल्न तपाईँले आफ्नो सचिवालयका झोले र फेसबुक पेजका बुलीहरुको झुण्डलाई पोस्न १ करोड ३० लाखलाई १०/१० लाखको टुक्रा बनाई कोटेसनका आधारमा भुक्तानी गर्नु भयो।'

उनले महानगरले आयोजना गरेको सिप मेलाबाट कति जनाले सिप सिकेर व्यवसाय गरे भनेर पनि प्रश्न गरेका छन्। बडालले त्यसरी व्यवसाय गर्नेहरूको नाम फेसबुकमा लेख्न पनि चुनौती दिएका छन् ।

उनले प्रश्न गर्दै लेखेका छन्, 'खरिद ऐनले यसरी योजना टुक्र्याएर खरिद गर्न अनुमति दिन्छ ? यो सिधै भ्रष्टाचार होइन ? १ करोड ३० लाख रुपैयाँ महानगरको निर्णय बिना मनोमानी खर्च गरेर सिप विकासमा प्राप्त गरेको उपलब्धी के ? हजारौं फेसबुक पेज र युट्युब च्यानल प्रयोग गरेर अराजकता र अश्लिलता फैलाउने हानिकारक सिपमा रकम दुरुपयोग गर्न पाइन्छ ? महानगरका ट्याक्स पेयरमाथि यसरी खेलबाड गर्न पाइन्छ ? यो त अपराध हो ।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077