Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

रविलाई लक्षित गर्दै बाँस्कोटाले भने - चितवनमा ‘जान्नेलाई छान्ने’ चान्स हिउँदमै पूरा हुन्छ !

रविलाई लक्षित गर्दै बाँस्कोटाले भने - चितवनमा ‘जान्नेलाई छान्ने’ चान्स हिउँदमै पूरा हुन्छ !

बुधवार , आश्विन २, २०८१

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले रास्वपा सभापति रवि लामिछानेको सांसद सांसद पद जाने र चितवनमा पुन निर्वाचन हुन सक्ने संकेत गरेका छन्।

सहकारी ठगीसम्बन्धी संसदीय समितिले लामिछानेसहित सहकारीको रकम ठगीमा संलग्नहरूलाई कारबाहीको सिफारिस गरेर प्रतिवेदन सार्वजनिक भएपछि बाँस्कोटाले यस्तो बताएका हुन्।

सभापति लामिछानेले संसदीय समितिबाट सफाइ पाएको दाबी गरिरहेका बेला सांसद गोकुल बाँस्कोटाले लामिछानेको सांसद पद दोस्रोपल्ट जाने र चितवनमा पुनः चुनाव हुने दाबी गरे ।

बाँस्कोटाले लेखेका छन्,‘चितवनका नेता पनि, जनता पनि कति जाँगरिला भने चुनाव त पाँच वर्षमा तीनवटा गर्न पनि तयारी हालतमा बस्न सक्ने । कानुनविद्का वकिली तर्क र थापा प्रतिवेदनमा राजनीतिक सौदाबाजी नभए जान्नेलाई छान्ने त्यो चान्स आउने हिउँदमै पूरा हुने कुरा पक्काजस्तै छ भनिन्छ । ७८औँ जिल्ला त्यसै भन्या रैनछ चितवनलाई।’

बाँस्कोटाले सूर्य थापाको सभापतित्वमा गठित संसदीय समितिको प्रतिवेदनमा राजनीतिक सौदाबाजी नभए आउने हिउँदसम्म रविको पद जाने दाबी गरेका छन् ।

उनले रविको नाम उल्लेख नगरे पनि जान्नेलाई छान्ने भनेर प्रतिकात्मक शब्दको प्रयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077