Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

१०० भन्दा बढी युक्रेनी ड्रोन खसालेको रुसको दाबी

१०० भन्दा बढी युक्रेनी ड्रोन खसालेको रुसको दाबी

शनिवार , आश्विन ५, २०८१

एजेन्सी । रुसी क्षेत्रमा रातारात आक्रमण गरिएका १०१ युक्रेनी ड्रोन खसालिएको दाबी गरिएको छ । घटनामा कुनै पनि हताहत नभएको रिपोर्ट गरिएको छ ।

‘डिउटी’मा रहेको हवाई रक्षा प्रणालीले युक्रेनी फिक्स–विङ यूएभी ड्रोनहरू नष्ट गरी खसालेकोे रुसको रक्षा मन्त्रालयले टेलिग्राममार्फत जनाएको हो ।

मन्त्रालयका अनुसार, ब्रायन्स्क क्षेत्रमा ५३ ड्रोन खसालिएको थियो । ‘ब्ल्याक सी’ प्रायद्वीपमाथि १८ र बाँकी अरू क्षेत्रमा खसालिएको थियो ।

क्रास्नोडारका गभर्नर भेनियामिन कोन्ड्रात्येभले ड्रोनबाट खसेको भग्नावशेषले टिखोरेट्स्की जिल्लामा आगलागी समेत भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077