Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

इजरायलको मिसाइल हमलामा हिजबुल्लाहका अर्का कमाण्डर पनि मारिए

इजरायलको मिसाइल हमलामा हिजबुल्लाहका अर्का कमाण्डर पनि मारिए

आइतवार , आश्विन ६, २०८१

एजेन्सी । लेबनानमा इजरायलको हवाई आक्रमणमा हिजबुल्लाहका अर्का कमाण्डर पनि मारिएका छन् ।

शुक्रबार लेबनानको राजधानी बेरूतस्थित दक्षिणी क्षेत्रको ठूला ठूला भवनहरू रहेको ठाउँमा इसराइलले मिसाइल प्रहार गरेको थियो।

हमलामा हिजबुल्लाहका अर्का कमाण्डर अहमद वाहबी मारिएको बताइएको छ ।

मिसाइल प्रहार हुँदा भत्किएका घरहरूको भग्नावशेषमा उनी पुरिएका थिए।

भग्नावशेषबाट थप ६ जनाको शव निकालिएको थियो।

शनिबार ३१ जनाको मृत्यु भएको भनिएकोमा सो संख्या बढेर ३७ पुगेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077