Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

दिसानायके बने श्रीलंकाको राष्ट्रपति

दिसानायके बने श्रीलंकाको राष्ट्रपति

आइतवार , आश्विन ६, २०८१

एजेन्सी । मार्क्सवादी नेता अनुरा कुमारा दिसानायके श्रीलंकाको राष्ट्रपति निर्वाचित भएका छन् । भ्रष्टाचारीलाई कडा कारबाही गर्ने वाचासहित चुनाव लडेका उनी ५६ लाख मत पाएर राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

५६ वर्षीय दिसानायके जनता विमुक्ति पेरामुना (जेभीपी) पार्टीका नेता हुन् । जो गत २० वर्षदेखि सांसद थिए ।

पहिलो चरणमा कुनै उम्मेदवारले पनि ५० प्रतिशत र एक मत नपुर्‍याएपछि मतगणना दोस्रो चरणमा पुगेको थियो ।
पहिलो चरणको मतपरिणामअनुसार दिसानायकेले ४२.३६ प्रतिशत अर्थात् ५६ लाख मत पाएका छन्।

निकटतम प्रतिद्वन्द्वी सजित प्रेमदासाको मत ३२.७२ प्रतिशत अर्थात् ४३ लाख ३० हजार छ।

रनिल विक्रमासिंगे तेस्रो स्थानमा खुम्चेका छन्। उनले १७‍.२५ अर्थात् झण्डै २३ लाख मत पाए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077