Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति दिशानायकले लिए शपथ

श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति दिशानायकले लिए शपथ

सोमवार , आश्विन ७, २०८१

एजेन्सी । श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुर कुमार दिशानायकले पद तथा गोपनीयताको शपथ लिएका छन्।

श्रीलङ्कामा पहिलो वामपन्थी राष्ट्रपति दिसानायकाले पदतथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

श्रीलङ्काको निर्वाचन आयोगले आइतबार दिसानायकालाई मुलुकको राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको थियो ।

शनिबार भएको निर्वाचनमा पिपुल्स लिबरेसन फ्रन्टका ५५ वर्षीय नेता दिसानायका ४२ दशमलव ३१ प्रतिशत मत प्राप्त गरी राष्ट्रपतिमा विजयी भएका थिए।

विपक्षी दलका नेता सजिथ प्रेमदासा ३२ दशमलव ७६ प्रतिशतका साथ दोस्रो स्थानमा रहे। निवर्तमान राष्ट्रपति रनिल विक्रामासिङ्घे १७ दशमलव २७ प्रतिशतका साथ तेस्रो स्थानमा रहे।

सांसदहरू,बौद्ध धर्मगुरुका सदस्यहरू र समारोहबीच दिसानायकाले प्रधान न्यायाधीशसमक्ष शपथ ग्रहण गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077