Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

चन्द्रयान–४ मिसनका लागि भारतले विनियोजन गर्‍यो साढे २१ अर्ब भारु !

चन्द्रयान–४ मिसनका लागि भारतले विनियोजन गर्‍यो साढे २१ अर्ब भारु !

सोमवार , आश्विन ७, २०८१

एजेन्सी । भारत सरकारले चन्द्रमाबाट माटो वा ढुङ्गाका नमूना ल्याउने उद्देश्य रहेको चन्द्रयान–४ मिसनका लागि झन्डै साढे २१ अर्ब भारतीय रुपैयाँ विनियोजन गरेको छ ।

चन्द्रयान–३ लाई चन्द्रमामा उतार्न सफल भएको भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) को अर्को मिसनका लागि केन्द्र सरकारले २१ अर्ब ४० करोड भारु सुनिश्चित गरेको हो ।

सन् २०४० सम्ममा चन्द्रमामा मानिस पठाउने लक्ष्य लिएको इसरोका लागि नमूना लिएर फर्कने चन्द्रयान–४ महत्त्वपूर्ण मिसन हुनेछ ।

दुई वटा रकेटले छुट्टाछुटै उपकरण चन्द्रमामा उतारेर त्यहाँबाट नमूना लिएर फर्कने चन्द्रयान–४ अन्तरिक्ष खोजको क्षेत्रमा महत्त्वपूर्ण हुने इसरोले विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077