Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

लेबनानमा इजरायली आक्रमणबाट २१ बालबालिकासहित २७४ जना मारिए

लेबनानमा इजरायली आक्रमणबाट २१ बालबालिकासहित २७४ जना मारिए

सोमवार , आश्विन ७, २०८१

एजेन्सी । लेबनानमा इजरायली आक्रमणबाट मारिनेको सङ्ख्या २७४ पुगेको छ । लेबनानका स्वास्थ्य मन्त्री फिरास अबियादका अनुसार यसमा २१ जना बालबालिका छन् । हजारौँ परिवार बमबारीबाट भागेका छन् ।

“एक्काइस बालबालिका र ३९ महिलासहित दुई सय ७४ जनाको मृत्यु भएको छ । यस बारेमा हामीलाई अहिलेसम्म थाहा भएको यति हो” अबियादले पत्रकार सम्मेलनमा भने, “लक्षित क्षेत्रहरुबाट हजारौँ परिवार विस्थापित भएका छन् ।”

उनका अनुसार हिजबुल्लाह पेजर र वाकी(टाकीहरु विस्फोट र बेरुतको दक्षिणी उपनगरहरूमा इजरायली आक्रमणमा ‘एक साताभन्दा कम समयमा’ करिब पाँच हजार मानिस घाइते भएका थिए ।

प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमाथि अहिलेसम्मकै सबैभन्दा खराब आक्रमण गरेपछि युद्ध सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077