Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

इजरायली आक्रमणमा मारिए हिजबुल्लाहका शीर्ष कमाण्डर

इजरायली आक्रमणमा मारिए हिजबुल्लाहका शीर्ष कमाण्डर

बुधवार , आश्विन ९, २०८१

एजेन्सी । इजरायली हवाई आक्रमणमा परी हिजबुल्लाहका शीर्ष कमाण्डर मारिएका छन्।

दक्षिणी बेरूतमा इजरायलले गरेको हवाई हमलामा परी हिजबुल्लाहका शीर्ष कमाण्डर इब्राहिम कुबैसीको मृत्यु भएको हो।

उनी हिजबुल्लाहको मिसाइल तथा रकेट युनिटका शीर्ष कमान्डर रहेका थिए। इजरायली डिफेन्स फोर्सले कुबैसीसहित थप दुई जना कमाण्डर मारिएको दाबी गरेको छ।

हिजबुल्लाहले भने कुबैसी मारिएको पुष्टी गरेपनि थप दुई जनाबारे खुलाएको छैन।

इजरायलले यसअघि शुक्रबारको आक्रमणमा हिजबुल्लाहका कमाण्डर इब्राहिम अकिल र अहमद वाहबी मारिएका थिए।

गत शुक्रबारदेखि हिजबुल्लाहविरूद्ध प्रत्यक्ष आक्रमणमा उत्रिएको इजरायलले त्यसयता लगातार आक्रमण गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077