Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

आफ्ना नागरिकलाई तत्काल लेबनान छाड्न भारत र बेलायतको आग्रह

आफ्ना नागरिकलाई तत्काल लेबनान छाड्न भारत र बेलायतको आग्रह

बिहिवार , आश्विन १०, २०८१

एजेन्सी । इजरायल र हिजबुल्लाहबीच युद्धको खतरा बढेपछि भारत र बेलायतले आफ्ना नागरिकलाई तत्काल लेबनान छाड्न निर्देशन दिएका छन् ।

इजरायलले हिजबुल्लाहलाई लक्षित गर्दै लेबनानमाथि आक्रमण तीव्र पारेको छ । बेलायती प्रधानमन्त्री किएर स्टार्मरले लेबनानमा रहेका आफ्ना नागरिकलाई तत्काल लेबनान छाड्न भनेका हुन्।

यसैबीच, भारतले पनि लेबनानमा रहेका आफ्ना नागरिकलाई तत्काल लेबनान छाड्न भनेको छ भने लेबनानको यात्रा नगर्न पनि आग्रह गरेको छ।

यसअघि, अस्ट्रेलिया, क्यानडा, फ्रान्स, जापान, सऊदी अरब, साउथ कोरिया र अमेरिकासहित विश्वका विभिन्न मुलुकले आफ्ना नागरिकलाई लेबनान छाड्न निर्देशन दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077