Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

पश्चिमी देशहरूमाथि आणविक आक्रमण गर्ने पुटिनको चेतावनी

पश्चिमी देशहरूमाथि आणविक आक्रमण गर्ने पुटिनको चेतावनी

बिहिवार , आश्विन १०, २०८१

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी देशहरूमाथि आणविक हतियारबाट आक्रमण गर्ने चेतावनी दिएका छन्।

युक्रेनले रुसमा लामो दुरीको हमला गर्ने मिसाइल प्रयोग गर्न पश्चिमी देशहरूसँग अनुमति मागिरहेको समयमा पुटिनको यो भनाइ आएको हो।

रुसी राष्ट्रपति पुटिनले यसअघि पनि पटकपटक आणविक हतियार प्रयोग गर्ने धम्की दिएका थिए । यसपटक उनले आणविक नीतिमा परिवर्तन गर्ने घोषणा पनि गरेका छन्।

पुटिनले बुधबार राजधानी मस्कोमा सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाएका थिए । बैठकमा उनले सरकार आणविक हतियारको प्रयोगसँग सम्बन्धित नियम परिवर्तन गर्न लागेको बताएका छन्।

पुटिनले देशको आणविक नियममा धेरै नयाँ कुरा थपिने उल्लेख गरे। यसमा रूस विरुद्ध भइरहेको मिसाइल वा ड्रोन हमलाविरुद्ध परमाणु हतियारको प्रयोग पनि समावेश छ।

रूसी क्षेत्रमा ठूलो मात्रामा मिसाइल वा ड्रोन आक्रमण भयो भने देशको सार्वभौमसत्तालाई गम्भीर रूपमा खतरामा पार्न सक्ने र रूसले आणविक हतियारहरू प्रयोग गर्न सक्ने उनले बताए।

उनले आणविक हतियार नभएको मुलुकले रुसमाथि परमाणु हतियार भएको देशको सहयोगमा आक्रमण गरेमा त्यसलाई दुवै देशले गरेको आक्रमण मानिने बताए ।

उनले रुसको आणविक हतियार देश र नागरिकको सुरक्षाको सबैभन्दा ठूलो ग्यारेन्टी भएको पनि बताए । आणविक नीतिमा परिवर्तन अहिलेको आवश्यकता भएको पुटिनले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077