Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अमेरिकासहितका देशको युद्धविराम प्रस्ताव इजरायलले गर्‍यो अस्वीकार

अमेरिकासहितका देशको युद्धविराम प्रस्ताव इजरायलले गर्‍यो अस्वीकार

बिहिवार , आश्विन १०, २०८१

एजेन्सी । इजरायलले लेबनानको विद्रोही समूह हिजबुल्लाहसँगको युद्धविराम आह्वानलाई अस्वीकार गरेको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्ना सेनालाई पूर्ण शक्तिका साथ लड्न निर्देशन दिँदै युद्धविराम आह्वानलाई अस्वीकार गरेका हुन् ।

उनले गएरातिको युद्धविराम आह्वानलाई लिएर कुनै प्रतिक्रिया नदिएको बताइएको छ । यस्तै प्रधानमन्त्री नेतान्याहुले गाजामा युद्धका लक्ष्यहरू प्राप्त नभएसम्म सङ्घर्ष जारी रहने बताए ।

यसअघि इजरायल र लेबनानाको सीमामा चलिरहेको युद्ध रोक्न अमेरिकासहितका देशले युद्धविरामको प्रस्ताव राखेका थिए । तर इजरायलले यो प्रस्ताव अस्वीकार गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077