Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्यालेस्टाइनी नेताद्वारा विश्वसामु इजरायललाई हतियार पठाउन रोक्न आह्वान

प्यालेस्टाइनी नेताद्वारा विश्वसामु इजरायललाई हतियार पठाउन रोक्न आह्वान

शुक्रवार , आश्विन ११, २०८१

एजेन्सी । प्यालेस्टाइनी राष्ट्रपति महमुद अब्बासले बिहीबार विशेषगरी अमेरिकालाई औँल्याउँदै अन्तर्राष्ट्रिय समुदायसमक्ष पश्चिम किनार र गाजामा रक्तपात रोक्न इजरायललाई हतियार पठाउन रोक्न आह्वान गरे ।

गाजामा मृत्यु हुनेको संख्या बढिरहे पनि वासिंटनले इजरायललाई त्यहाँको युद्धका लागि कूटनीतिक समर्थन र हतियार प्रदान गरिरहेको अब्बासले बताए ।

हमास नियन्त्रित क्षेत्रको स्वास्थ्य मन्त्रालयका अनुसार हाल गाजामा मृत्यु हुनेको संख्या ४१ हजार पाँच सय ३४ पुगेको छ ।

“यो अपराध रोक्नुहोस्, अहिले नै रोक्नुहोस् । बालबालिका र महिलाहरूको हत्या रोक्नुहोस् । नरसंहार रोक्नुहोस् । इजरायललाई हतियार पठाउन रोक्नुहोस् । यो पागलपन जारी रहन सक्तैन । गाजा र पश्चिम किनारमा हाम्रा मानिसहरूमाथि भइरहेको कुराका लागि सम्पूर्ण विश्व जिम्मेबार छ”, अब्बासले संयुक्त राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्दै भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077