Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

ओली फर्किंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित

ओली फर्किंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित

सोमवार , आश्विन १४, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आधा घण्टा उडान प्रभावित भएको छ ।

अमेरिका भ्रमण सकेर फर्किएका प्रधानमन्त्री ओलीको नेपाल अवतरणका बेला आधा घण्टा नियमित उडान पूर्णरूपमा प्रभावित भएको हो।

विमानस्थल स्रोतका अनुसार आज दिउँसो आधा घण्टाका लागि ‘भीभीआईपी मुभमेन्ट’ भन्दै ‘नोटिस फर एयर मेन’ (नोटाम) जारी भएको थियो ।

नोटाम जारी भएको समयमा आन्तरिक विमानस्थलमा रहेका जहाज र अन्तर्राष्ट्रिय जहाजलाई यहाँबाट उड्न दिइएको थिएन अवतरण गर्न आइरहेका जहाजलाई भने ‘होल्ड’ गराइएको थियो।

प्रधानमन्त्री ओली चढेको जहाज अवतरण गरेपछि भने उडान सामान्य भएको विमानस्थल स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077