Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

बस र बोलेरो ठोक्किँदा बोलेरो चालकको मृत्यु

बस र बोलेरो ठोक्किँदा बोलेरो चालकको मृत्यु

बुधवार , आश्विन १६, २०८१

विराटनगर । मोरङको बेलबारी नगरपालिका–३ मा बस र बोलेरो ठोक्किँदा बोलेरो चालकको ज्यान गएको छ ।

मंगलबार साँझ पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ४ ख १४९० नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बोलेरो एक आपसमा ठोक्किएर दुर्घटना हुँदा बेलबारी–९ बाहुनीका ३६ वर्षीय कृष्ण थापाको ज्यान गएको हो ।

न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि बस चालक फरार रहेका छन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077