Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सर्वोच्चका प्रस्तावित प्रधानन्यायाधीश राउतमाथि सुनुवाइ जारी

सर्वोच्चका प्रस्तावित प्रधानन्यायाधीश राउतमाथि सुनुवाइ जारी

बुधवार , आश्विन १६, २०८१

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको सुनुवाइ सुरू भएको छ।

बुधवार संसदीय सुनुवाइ समितिको बैठकमा सर्वोच्चका प्रस्तावित प्रधानन्यायाधीश राउतमाथि सुनुवाइ सुरू भएको हो।

प्रस्तावित प्रधानन्यायाधीश राउतविरूद्ध समितिमा ६ वटा उजुरी परेका छन्।

समितिले राउतविरूद्ध १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो।

यसरी उजुरी गरेकामध्ये उजुरीकर्ताले राउतसँग कार्यक्षमता अभाव भएको र प्रमाण मूल्यांकन गर्ने क्षमता नै नभएको आरोप लगाएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077