Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

भियतनामको चिडियाखानामा फैलियो वर्डफ्लु, ४७ वटा बाघ मरे

भियतनामको चिडियाखानामा फैलियो वर्डफ्लु, ४७ वटा बाघ मरे

बिहिवार , आश्विन १७, २०८१

एजेन्सी । ‘एच–फाइभ–एन–वान’ वर्डफ्लु भाइरस सङ्क्रमणका कारण दक्षिण भियतनामको चिडियाखानामा ४७ वटा बाघ मरेका छन् ।

वर्डफ्लुका कारण ४७ वटा बाघ, ३ वटा सिंह र एक प्यान्थर मरेका हुन् ।

भियतनाम समाचार एजेन्सी (भीएनए) का अनुसार अगस्ट र सेप्टेम्बरमा लङ एन प्रान्तमा रहेको निजी माई क्विन्ह सफारी पार्क र डोङ नाइमा रहेको भुओन जोई चिडियाखानामा जनावरहरू मरेका हुन् ।

‘नेशनल सेन्टर फर एनिमल हेल्थ डायग्नोसिस’ को परीक्षणको नतिजाअनुसार जनावरहरूको मृत्यु ‘एच–फाइभ–एन–वान’ टाइप–ए भाइरसको सङ्क्रमणबाट भएको पत्ता लागेको खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077