Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

जापानको प्रधानमन्त्रीमा इशिबा निर्वाचित

जापानको प्रधानमन्त्रीमा इशिबा निर्वाचित

बिहिवार , आश्विन १७, २०८१

एजेन्सी । जापानको प्रधानमन्त्रीमा शिगेरु इसिबा निर्वाचित भएका छन् ।

सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीका नेता इसिबा संसदको दुवै सदनमा बहुमत प्राप्त गरी औपचारिक रूपमा देशको प्रधानमन्त्रीमा निर्वाचित भएका हुन्।

जापानी सदनले नयाँ प्रधानमन्त्री चयन गर्न दिउँसो बैठक बोलाएको थियो ।

एलडीपीको नेतृत्वमा सत्तारुढ गठबन्धनले दुवै सदनलाई नियन्त्रण गर्ने भएकाले ६७ वर्षीय इसिबाले प्रतिनिधिसभामा ४६१ मतमध्ये २९१ र हाउस अफ काउन्सिलरमा २४२ मतमध्ये १४३ मत प्राप्त गरे ।

आफ्नो मन्त्रिपरिषद्मा १३ जना पहिलो पटक नियुक्ति, दुई जना पुनः नियुक्ति र अघिल्लो क्याबिनेट अनुभव भएका चार जना मन्त्रीहरु रहने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077