Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

हिजबुल्लाह प्रमुख नसरल्लाहको गरियो गोप्य रुपमा अन्त्येष्टि

हिजबुल्लाह प्रमुख नसरल्लाहको गरियो गोप्य रुपमा अन्त्येष्टि

शुक्रवार , आश्विन १८, २०८१

एजेन्सी । लेबनानी लडाकू समूह हिजबुल्लाहका प्रमुख हसन नसरल्लाहको शवलाई अस्थायी रूपमा गाडिएको छ।

इजरायलले ठूलो अन्त्येष्टि कार्यक्रमलाई लक्षित गरी आक्रमण गर्ने डरले गोप्य स्थानमा उनको शव अस्थायी रूपमा गाडिएको हो ।

परिस्थितिले सार्वजनिक अन्त्येष्टिको अनुमति नदिएसम्म हसन नसरल्लाहलाई अस्थायी रूपमा गाडिएको हिजबुल्लाले जनाएको छ ।

इजरायली धम्कीले शोक मनाउनेहरू र उनलाई गाडिएको स्थललाई लक्षित गर्ने डरका कारण सार्वजनिक अन्त्येष्टि गर्न असम्भव भएको हो।

सिया मुस्लिम रीतिअनुसार उचित अन्त्येष्टि गर्न परिस्थितिले नदिँदा वा मृतकलाई उनीहरूले चाहेको स्थानमा गाड्न नसकिँदा अस्थायी रूपमा गाड्ने व्यवस्था छ ।

हिजबुल्लाहले शीर्ष लेबनानी अधिकारीहरूमार्फत इजरायलको प्रमुख सहयोगी अमेरिकाबाट इजरायलले सार्वजनिक अन्त्येष्टिलाई लक्षित नगर्ने ‘ग्यारेन्टी’ प्राप्त गर्न खोजेको थियो ।

तर उक्त कार्यमा असफल भएपछि गोप्य रुपमा गाडिएको हो।

हिजबुल्लाहमाथि इजरायलको तीव्र बमबारीबीच सेप्टेम्बर २७ मा समूहको दक्षिणी बेरुत गढमा भएको ठूलो आक्रमणमा नसरल्लाहसहित इरानी रिभोल्युसनरी गार्डका एक जनरल मारिएका थिए ।

इजरायलले इरान समर्थित हिजबुल्लाहका करिब २० सदस्यलाई मारेको बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077