Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

कङ्गोमा डुंगा डुब्दा ८७ जनाको मृत्यु

कङ्गोमा डुंगा डुब्दा ८७ जनाको मृत्यु

शनिवार , आश्विन १९, २०८१

एजेन्सी । कङ्गोको पूर्वी प्रजातान्त्रिक गणतन्त्रमा रहेको किभु तालमा बिहीबार डुंगा डुब्दा कम्तीमा ८७ जनाको मृत्यु भएको छ।

दक्षिण किभु प्रान्तको मिनोभा शहरबाट आएको डुंगा उत्तरी किभु प्रान्तको राजधानी गोमाको बाहिरी भागमा रहेको कितुकु बन्दरगाह नजिकै पल्टिएको हो ।

किन्शासामा केन्द्र सरकारलाई सम्बोधन गरेको प्रतिवेदनमा प्रान्तीय सरकारले पनि ७८ जना अझै बेपत्ता रहेका छन् ।

फेला परेका ८७ जनाको शव गोमास्थित सामान्य अस्पतालको शवगृहमा लगिएको छ भने बाँचेका अन्य ९ जनालाई अस्पताल लगिएको छ ।

डुंगामा कति यात्रु सवार थिए भन्ने यकिन हुन सकेको छैन । जहाजमा करिब ५ सयजना थिए बन्दरगाहबाट करिव ७ सय मिटर टाढा डुङ्गाले हिंस्रक छालको सामना गर्न नसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077