Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

लेबनान,यमन र प्यालेस्टाइनमा भीषण बमबारी

लेबनान,यमन र प्यालेस्टाइनमा भीषण बमबारी

शनिवार , आश्विन १९, २०८१

एजेन्सी। इजरायलले गाजालगायत प्यालेस्टाइनी भूमि र लेबनानमा निरन्तर हमला जारी राखेको छ ।

शनिवार बिहानैदेखि इजरायल र लेबनानमा ठूला हमला भएका छन् ।

इजरायलको आक्रमणमा हालसम्म २ हजारभन्दा बढी निर्दोष मानिस मारिएको लेबनानी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा १२७ बालबालिका र २६१ जना महिला छन् । यसैबीच इजरायलले एकोहोरो आक्रमण गरिरहेको लेबनानबाट शनिवार विहान काउन्टर हमला भएको छ ।

लेबनानबाट उत्तरी इजरायलमा ५ वटा रकेट हमला भएको छ । इजरायली सेनाले हमलाबाट मानवीय क्षतिको विवरण नआएको जनाएको छ ।

उता यमनमा हुती विद्रोहीलाई निशाना बनाउँदै अमेरिकी सेनाले गोलाबारी गरेको छ । अमेरिकी सेनाले राजधानी सानासहित यमनका मुख्य शहरमा इरान समर्थित हुथी विद्रोहीविरुद्ध हमला गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077