Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

बाढीपहिरोका घाइतेको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्यमन्त्री धुलिखेल अस्पतालमा

बाढीपहिरोका घाइतेको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्यमन्त्री धुलिखेल अस्पतालमा

शनिवार , आश्विन १९, २०८१

काभ्रे । बाढीपहिरोमा परेर घाइते भएकाहरूलाई भेट्नका लागि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल धुलिखेल अस्पताल पुगेका छन् ।

मन्त्री पौडेल शनिबार घाइतेको स्वास्थ्य अवस्था बुझ्न काभ्रे आइपुगेका हुन् ।

उनले बाढीपहिरोमा परेर घाइते सबैको उपचार निःशुल्क गर्ने सरकारले निर्णय गरेको जानकारी दिँदै मन्त्री पौडेलले विपदपछि हुन सक्ने स्वास्थ्यजन्य महामारीको बारेमा सरकार सचेत भएको र त्यसको तयारी गर्न अस्पताललाई निर्देशन दिए ।

धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. विराजमान कर्मचार्य, डा. राजेन्द्र कोजू लगायतले त्यहाँ उपचाररत घाइतेको अवस्था र अस्पतालले गरिरहेको प्रयासबारे मन्त्री पौडेललाई जानकारी गराएका थिए ।

जिल्लामा बाढी पहिरोमा परेर ७२ जनाको मृत्यु भएको र ५ जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077