Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

नेपाल पत्रकार महासंघको निर्वाचन मंसिर २८ गते गर्ने निर्णय

नेपाल पत्रकार महासंघको निर्वाचन मंसिर २८ गते गर्ने निर्णय

आइतवार , आश्विन २०, २०८१

काठमाडौं । नेपाल पत्रकार महासङ्घले आगामी मङ्सिर २८ गते तीनै तहको निर्वाचन गर्ने निर्णय गरेको छ ।

नेपाल पत्रकार महसङ्घ केन्द्रीय समितिको आयोजना तथा नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाको व्यवस्थापनमा बोडेमा शनिवार बिहानदेखि राष्ट्रिय भेला शुरू भएको थियो ।

सो भेलामा प्रदेश तथा जिल्ला अध्यक्षहरूको सहभागिता रहेको थियो ।

भेलाले आगामी मङ्सिर २८ गते शुक्रवार महासङ्घका तीनै तहको निर्वाचन गर्ने निर्णय गरेको महासङ्घका महासचिव रोशन पुरीले जानकारी दिए ।

भेलाले सदस्यता विवादको सन्दर्भमा सर्वसम्मत भएका जिल्ला शाखाको सदस्यता जिल्लाको कायम गर्ने, प्रदेशले थप गरेको नामावलीलाई सर्वसम्मतले स्वीकार गर्ने निर्णय भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077