Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

राष्ट्रसंघीय शान्ति सेनाले दक्षिणी लेबनान नछोड्ने

राष्ट्रसंघीय शान्ति सेनाले दक्षिणी लेबनान नछोड्ने

आइतवार , आश्विन २०, २०८१

एजेन्सी । लेबनानका लागि संयुक्त राष्ट्रसङ्घीय शान्ति सेना (यूनीफील) ले दक्षिणी लेबनान नछोड्ने भएको छ ।

इजरायलले दक्षिणी लेबनानबाट स्थानान्तरण हुन अनुरोध गरे पनि शान्ति सेनाले लेबनान नछोड्ने भएको हो ।

गएको सेप्टेम्बर–३० मा इजरायली सेना (आईडीएफ) ले लेबनानमा आक्रमण गर्ने आफ्नो योजनाबारे बताउँदै केही ठाउँबाट स्थानान्तरण गर्न अनुरोध गरेको लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घीय सुरक्षा बलले जनाएको छ ।

सुरक्षा बलले इजरायली अनुरोधको बीच शान्ति सेनाहरु सबै ठाउँमा उपलब्ध रहने उल्लेख गर्दै निरन्तर रुपमा शान्ति सुरक्षाको पहलसहित संयुक्त राष्ट्रको झण्डा फहराइरहने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077