Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

अनियन्त्रित भएको माइक्रो घरभित्र छिरेपछि...

अनियन्त्रित भएको माइक्रो घरभित्र छिरेपछि...

आइतवार , आश्विन २०, २०८१

दाङ । दाङको तुलसीपुरमा गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

तुलसीपुरबाट सल्यान हुँदै रुकुम पश्चिमका लागि छुटेको माइक्रो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका हुन्।

तुलसीपुरबाट रुकुम पश्चिम जाँदै गरेको बा.प्र ०३ –००१ ज ७७२ नम्बरको विद्युतीय माइक्रो गाडी तुलसीपुर उपमहानगरपालिका – ७ डाँडापातुवा सडकमा अनियन्त्रित भई स्थानीय खिमबहादुर मल्लको घरमा छिरेको थियो ।

गाडी केही भाग कोठाभित्रै छिरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। दुर्घटनामा परी माइक्रो चालक, त्यसमा सवार यात्रु र डेरामा बसेकाहरू घाइते भएका छन्।

गाडीमा कुल ९ जना यात्रारत रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार घाइते सबैको तुलसीपुरस्थित राप्ती प्रोदशिक अस्पतालमा उपचार भइरहेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077